काठमाडौं– विवादित विषयमा छलफल गर्न बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ ।
बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकमा विवादित तीनवटा विषयमा कुनै छलफल नै नगरी सकिएको हो ।
नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफल गरेर टुङग्याउने विषयमा कुराकानी भएको माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि पार्टी एकताका लागि विधान मस्यौदा र राजनीतिक कार्यदल गठन गरी एकताको आधार तयार गर्न दुवै दलका नेताहरुलाई जिम्मेवारी दिइएको थियो । उक्त कार्यदलले खासगरी तीनवटा विषयमा सहमति जुटाउन नसकेपछि त्यसको जिम्मा एकता समितिलाई दिएको थियो ।
प्रतिक्रिया