जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, मृतकमा ७ महिला

७ बर्ष अगाडि

दार्चुला– दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । 

सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए । 
 
 

७ बर्ष अगाडि

प्रतिक्रिया