२१ वर्षीया युवतीमाथि वलात्कार गर्ने तीन जनालाई १० कैद

७ बर्ष अगाडि

काठमाडौँ–ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही १० वर्ष कैद सजाय हुने फैसला गरेको छ । 

न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । 

गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । 

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा प्रहार गरी मृत्यु भएको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया