ऊर्जामन्त्री पुनको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज

७ बर्ष अगाडि

काठमाडौँ– ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । 

बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए । उनका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ । 

उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् । 

 पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । 
यस्तै आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया