मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ति

७ बर्ष अगाडि

काठमाडौँ – हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ । 

उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए । अधिकारीको शव आजै काठमाडौँबाट पोखरा लगिएको थियो ।


अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया