जापान जान एन–४ तहको भाषा जरूरी

७ बर्ष अगाडि

काठमाडौँ – रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । 

जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्। जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा पर्याप्त हुने छौँन ।

‘केयर गिभरबाहेक अन्य काममा जानेको हकमा एन–४ तहको भाषा उत्तीर्ण गरे पुग्छ । ‘केयर गिभरको काममा जानेको जापानी भाषामा विशिष्ट खाले दक्षता चाहिने देखिएको छ।’ केयर गिभरको काममा जाने वृद्धवृद्धासँग नजिकमा रहेर स्याहारसुसार गर्नुपर्ने भएकाले भाषामा बढी दक्ष हुनुपर्ने जापानी अधिकारीहरूले बताउने गरेका छन्। 

आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय भने मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ।

दुई महिनाअघि जापानको मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया