काठमाडौँ – राष्ट्रिय समाजवादी पार्टी, नेपालले काठमाडौँमा स्थित कमलपोखरीको सार्वजनिक सम्पदालाई केहि स्वार्थ बोकेका समूहबाट अतिक्रमण गरेको प्रती गम्भीर ध्यानाकर्षण गरेको छ ।
राष्ट्रिय समाजवादी पार्टी, काठमाडौँ भ्याली व्युरोले एक प्रेस बिज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यका भित्र रहेका सास्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको क्षेत्रहरुमाथि दिनप्रतिदिन अतिक्रमण बढ्दै गएकोमा ध्यानाकर्षण गरेको हो ।
सास्कृतिक र धार्मिक रुपले महत्वपूर्ण मानिने कमल पोखरी र नेवास् गुठीलाई मास्ने गरी व्यक्तिगत सम्पत्तीमा समाहित गरी अतिक्रमण गरिनु, व्यापारिक कम्प्लेक्स निर्माण गरी सन्चालनमा ल्याई सक्दा समेत सरकारका सम्वन्धित निकाय मुकदर्शक बन्नु दुर्भाज्ञ भएको उक्त विज्ञप्तीमा उल्लेख गरेको छ ।
यसरी सार्वजनिक सम्पदा अतिक्रमण गरी व्यापारिक कम्प्लेक्स निर्माण गरिनु सामाजिक तथा प्राकृतिक न्यायको सिद्धान्त बिपरित हुने भएको हुँदा नेपाल सरकार, गुठी सस्थान तथा स्थानीय सरोकारवालाको उपस्थितिमा अविलम्ब वार्ता मार्फत समस्याको समाधान गर्न माग गरेको छ । पार्टीले अन्यथा वेवास्ता गरिए सशक्त सङ्घर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रतिक्रिया