निर्मला पन्तको घरमा पुगे सभापति देउवा

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेटेका छन् ।

सभापति देउवा   पन्त परिवारलाइ भेट्न भीमदत्त नगरपालिका स्थित पन्त निवासमा पुगेका थिए ।

शुक्रबार बिहान एक कार्यक्रममा सहभागी हुन सभापति देउवा कन्चनपुर पुगेका थिए । कन्चनपुर पुगेका सभापति देउवाले  घटनालाई गम्भीररुपले लिएको भन्दै निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा आफूले सक्दो पहल गर्ने बताए । 
उनले अपराधी धैरै समय लुक्न नसक्ने भन्दै अपराधी छिट्टै पत्ता लाग्ने समेत दावी गरे । 

७ बर्ष अगाडि

प्रतिक्रिया