श्रद्धाञ्जलि अर्पण गर्दा प्रधानमन्त्री देखि आफन्तजन सबै भावुक ! आठ (तस्विरसहित)

७ बर्ष अगाडि

काठमाडौँ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । 
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई  श्रद्धाञ्जलि अर्पण गरेका छन् । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । 

दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो ।  श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया