सरकारले जनतामा आशा जगाउन सकेनः कमल थापा

७ बर्ष अगाडि

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । 
‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली प्रकरणलगायतका घटनामा किन सरकारले कारवाही गर्दैन भनि प्रश्न गरे । 

कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि पार्टीले अभियान शुरु गरिसकेको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया