प्रबन्ध निर्देशकको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने

७ बर्ष अगाडि

काठमाडौँ – यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने भएका छन् ।

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया