एकता अनुमोदन गर्न एमालेले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

७ बर्ष अगाडि

काठमाडौँ- एमालेले माओवादी केन्द्रसँगको एकता प्रस्तावमा छलफल गर्न केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको हो, नयाँ पत्रिकामा खबर छापिएको छ  ।


दुवै पार्टीको एकता संयोजन समितिको बिहीबारको बैठकमा ९ वैशाख (२२ अप्रिल)मा पार्टी एकता घोषणा गर्ने प्रस्ताव गरिएको थियो । संयोजन समितिमा एकीकृत पार्टीको राजनीतिक र विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत भइसकेकाले ९ वैशाखमा एकता घोषणासभा गर्ने समझदारीसमेत भइसकेको छ ।

‘हामीले पार्टी एकताको महत्वपूर्ण ऐतिहासिक घटनाक्रम अघि बढिरहेका वेला केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएर छलफल गर्नुपर्ने बताउँदै आएका थियौँ,’ नेता सुरेन्द्र पाण्डेले भने, ‘बुधबारको बैठकले एकता प्रस्तावबारे छलफल गर्न बैठक बोलाएकाले सम्भवतः दुवै बैठकबाट एकता प्रस्ताव अनुमोदन हुन सक्छ ।’

७ बर्ष अगाडि

प्रतिक्रिया