काठमाडौँ – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।
खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको हो ।
मन्त्री अधिकारीसहित ७ जना सवार बुधबार पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया