काठमाडौँ – ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा मन्त्री रविन्द्र अधिकारी लगाएत सवार सबै यात्रुको निधन भएको छ ।
उनको निधनसगैे नेपालले एक आशावादी मन्त्रीलाई गुमाएको छ । उनको इच्क्षा भनेको नेपालमा भएका त्रिभुवन विमानस्थललाई २४ औँ घण्टा सच्चालनमा ल्याउने र अन्य क्षेत्रमा शुरु भएको विमानस्थललाई द्रुत्त गतिमा काम अगाडी बढाउने तर उनको यो इच्क्षा अब एउटा सम्झनामा मात्रै रहेको छ ।
तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा आएका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मगाउँमा विमानस्थल बनाउने सपना अधुरै रह्यो ।
चुहानडाँडामा बुधबार बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म भएको औपचारिक कार्यक्रम नै अधिकारीको अन्तिम कार्यत्रम बन्न पुग्यो ।
के थियो अन्तीम ट्वीट
उनले आफ्नो सामाजिक संज्जाल फेसबुक पेजमा फेरवरी २४ मा लेखेका थिए, मैले जिम्मेवारी लिनु अगाडी २३% काम भएको गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच साथ काम गर्दै जादा अहिले ७०%काम सम्पन्न भएको छ । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो ।
समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेकै थिएन तर यतिखेर आयोजनाको प्रगति ७०%पुगेको छ। प्रश्न एउटा आयोजनाको मात्र होइन र प्रगति देख्न जुग कुर्नु पर्दैन।सहयोग सबैको अपरिहार्य छ।केही महिना मात्र पर्खौ अनुभुति सहितको परिवर्तन हुनेनैछ …
प्रतिक्रिया