काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन प्रति आफु स्तब्ध भएको बताएका छन् ।
आफुले एक असल साथी गुमाएको भन्दै गगनले भनेका छन् मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु र देशले एक आशातीत नेता ।
उनले केहिबेर अघि एक ट्वीट गर्दे भनेका छन्, रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता ! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली ।
प्रतिक्रिया