काठमाडौं – हेलिकोप्टर दुर्घटनामा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको निधन भएको खबरले फ्रान्स र अमेरिकाले दु:ख व्यक्त गरेका छन्।
काठमाडौंस्थित फ्रान्सेली दुतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत शोक जारी गर्दै दु:ख व्यक्त गरेको हो। 'हेलिकोप्टर दुर्घटनाले मन्त्री रविन्द्र अधिकारी र आङछिरिङ शेर्पासहितका अधिकारीहरुको निधनको खबरले स्तब्ध भएका छौँ,' दुतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, 'दु:खको यस घडीमा शोक सन्तप्त परिवार जसले आफ्ना प्रिय आफन्त गुमाएका छन् उनीहरुप्रति समवेदना।
त्यस्तै अमेरिकी राजदूत रेण्डी वेरीलेसमेत मन्त्री अधिकारीको निधनमा द:ख व्यक्त गरेका छन्। हेलिकोप्टर दुर्घटनाको खबरले हामी दु:खित भएका छौँ। दुर्घटनामा ज्यान गुमाउनेका परिवार प्रति हार्दिक समवेदन व्यक्त गर्दछौँ,' राजदूत वेरीले ट्वीट गरेका छन्।
प्रतिक्रिया