‘मन्त्री चढेको हेलिकोप्टर तीन वटा चट्टानमा ठोक्किएको थियो’

७ बर्ष अगाडि

काठमाडौं– पाथीभरामा दुर्घटना भएको डाइनेस्टी एयरलाइन्सको हेलिकोप्टर उडान भरेको केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको स्थानीय प्रत्यक्षदर्शीले बताउँछन् । 

‘हेलिकोप्टर उडान भर्दा मौसम राम्रो थिएन, ठूलो हावा चलेको थियो,’ स्थानीय होटल व्यावसायी सुरज भट्टराईले भने, ‘पाँचै मिनेट पछि मौसम सफा भएको थियो । पाँच मिनेट पछि मात्र उडान भरेको भए केही नहुँदो रहेछ ।’

दुर्घटनास्थलमा सबैभन्दा पहिले पुगेका थिए, सुरज भट्टराई । पहाडको कोँचमा त्यति बेला बटारिएर आएको हावाले हेलिकोप्टरलाई असन्तुलित बनाएको र दुर्घटना भएको हुनसक्ने उनी र उनीसँगै त्यहाँ पुगेका नेपाल प्रहरीका हवल्दारले अनुमान गरेका छन् । 

‘यहाँ हेर्दा तीनवटा चट्टानमा हेलिकोप्टर ठोक्किएको जस्तो देखिन्छ,’ उनले भने, ‘त्यसपछि भुइँमा बजारिएको हुनसक्छ ।’ हेलिकोप्टरको पखेटाबाहेक सबै भाग आगोले डढेर खरानी भएको पनि उनले बताए । ‘पखेटा चाहिँ केही पर उछिट्टिएको छ,’ उनले भने । 

७ बर्ष अगाडि

प्रतिक्रिया