काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पोखरामा रहेका उनका आमाबुवालाई काठमाडौं ल्याउन लागिएको छ ।
पोखरा महानगरपालिका–५ मालेपाटनस्थित घरबाट आमाबुवालाई काठमाडौं ल्याउन एयरपोर्टबाट पठाइएको छ ।
बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीलाई काठमाडौं लैजान पोखरा एयरपोर्टबाट पठाइएको प्रदेशसभा सदस्य राजीव पहारीले बताए । ‘यति एयरलाइन्सको विमानबाट काठमाडौं पठाइएको छ,’ उनले भने । मन्त्री अधिकारीको बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।
प्रतिक्रिया