सुकेटार टावरलाई पाइलट प्रभाकरले अन्तिममा के भनेका थिए ?

७ बर्ष अगाडि

काठमाडौँ – त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए ।

त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा हेभ्भी स्नोफलु भएको बताएका थिए ।

प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, यता मौसम खराब छ । हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ।


पर्यटन मन्त्री अधिकारी सहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो । कान्तिपुर दैनिकबाट

७ बर्ष अगाडि

प्रतिक्रिया