९  भाषामा बसन्त चौधरीको कविता

७ बर्ष अगाडि


काठमाडौं–उद्योगपति एवं गीतकार बसन्त चौधरीका नौ भाषामा अनूदित कविता कृति बसन्त सार्वजनिक भएको छ । 
बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच चौधरीको कविता कृति बसन्तको नौ भाषामा अनुदित कविता संग्रहको एक साथ विमोचन गरिएको हो । 
नेपाली भाषाको चौधरीको कविता संग्रह बसन्त अंगे्रजी, हिन्दी, भोजपुरी, मैथिलि, माडवारी, तामाङ्ग, नेपाल भाषा र बंगाली भाषामा अनूदित छन् । 
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, संस्कृतिविद् दुर्गालाल श्रेष्ठ, भुवन ढुंगाना, प्राध्यापक उषा ठाकुर लगायतले एक साथ बसन्त कविता संग्रहको विमोचन गरे । 
 नेपाली साहित्यमा यति धेरै भाषामा अनूदित कृतिको एकसाथ विमोचन गरिएको यो पहिलो पटक हो । भाषागत रुपमा भिन्न भिन्न गरि बषन्तका नौ रंगमा पुस्तकको कभर डिजाईन गरिएको छ । कार्यक्रममा सिल्पि थियटरले बसन्त कवितालाई नाट्य रुपान्तरण गरि प्रस्तुत गरेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया