एमालेले बोलायो केन्द्रीय समिति बैठक, ओलीले गरे बैठकमा यस्तो ब्रिफिङ

७ बर्ष अगाडि

काठमाडौं– नेकपा एमालेले आगामी ७ गतेको लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ । 
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टी एकता लगायतका विषयमा बिस्तृत छलफल गर्न ७ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  सो अघि बैशाख ६ गते पोलिटब्यूरो बैठक पनि बस्नेछ । बैठकमा पार्टीको नीति, कार्यक्रम, बजेटलगायतका विषयमा समेत छलफल हुनेछ । 
बुधबारको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माओवादी सङ्गको पार्टी एकताका विषयमा सङ्क्षिप्त जानकारी गराएका थिए । 
उनले भोलि एकता संयोजन  समितिको बैठकबाट दुवै कार्यदलका प्रतिवेदन अनुमोदन गर्ने र बैशाख ९ गते पार्टी एकताको सार्वजनिक घोषणा गर्ने विषयमा जानकारी गराएको बताइएको छ । 
यस्तै उनले आसन्न भारत भ्रमणका विषयमा समेत  जानकारी गराएका थिए  । आफ्नो भारत भ्रमण देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनका लागि भएको उनको भनाई थियो । 
बैठकले नेता जेपी भेटवालको निधनमा शोक प्रस्ताव समेत पारित गरेको भट्टराईले जानकारी दिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया