काठमाडौं – माउन्टेन हाइड्रो नेपालले यही फागुन २३ गतेदेखि साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि स्थानीयबासीलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।
यही फागुन २३ गतेदेखि बिक्री सुरु हुने आईपीओ छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
आईपीओका लागि न्युनतम ५० देखि अधिकतम ८० हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये ३६ हजार ३२२ कित्ता कम्पनीका कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ ।
माउन्टेनले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९८ प्रतिशत काम सकिएको छ ।
आयोजनाको अनुमानित लागत प्रतिमेगावाट १९ करोड ८२ लाख २७ हजार रुपैयाँको दरले ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ छ । सो आयोजनामा सेयर भर्नेले लगानी फिर्ता गर्न ८ वर्ष २ महिना कुर्नुपर्नेछ ।
आर्थिक वर्ष ०७७÷०७८ सम्म कम्पनीको खुद सम्पत्ति ऋणात्मक भई ९७.९८ रुपैयाँ हुने देखिएको छ । इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।
प्रतिक्रिया