पूर्वसांसद भेटवालको निधन

७ बर्ष अगाडि

चितवन ः नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । 

क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा एमाले चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए । 

उनले पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । 

चितवन राप्ती नगरपालिका–४ भण्डारा निवासी भेटवालको श्रीमती, दुई छोरी र एक छोरा रहेको एमाले प्रदेश नं ३ का सदस्य कृष्ण खनालले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया