सप्तरी – सप्तरीमा एक बालक आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन्। तिलाठी कोइलाडी गाउँपालिका -७ मन्सापुर बस्ने शिवकुमार मण्डलका १३ वर्षीय छोरा कृष्णकुमार मण्डल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।
प्रहरीका अनुरसा मृतकका बुवा शिवकुमार मण्डल छोरीलाई ससुराली घर पुर्याउन बिराटनगर गएका थिए।
शवको पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ल्याइएको छ।
प्रतिक्रिया