देउवालाई म सम्मान गर्छु, तर जे बोल्नुभएको छ त्यो उहाँको संस्कार हो : शेखर कोइराला

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफु सभापति शेरबहादुर देउवालाई सम्मान गर्ने गरेको बताएका छन् । 

सोमबार बिहान पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले भने सभापतिलाई म सम्मान गर्छु तर जे बोल्नुभएको छ मेरो बारेमा त्यो उहाँको संस्कार हो ।’

‘नेपाली कांग्रेस कमजोर छ, नेपाली कांग्रेसको संगठन शून्य बराबर छ, चुनावमा हार्नु ठूलो कुरा होइन, चुनावमा हारको जिम्मा नेतृत्वले लिनुपर्छ भन्दा कारबाहीको धम्की आउँछ भने मेरो भन्नु केही छैन’, नेता कोइरालाले भने, ‘कांग्रेस कसरी मजबुद बनाउने संगठन कसरी बलियो बनाउने भन्ने विषयमा बोल्दा कसैलाई चित्त दुख्छ भने त्यसको मसँग उत्तर छैन, किनभने म एउटा राजनीतिक संस्कार बोकेको व्यक्ति हो, त्यो राजनीतिक संस्कार छोड्न सक्दिनँ, सभापतिलाई म सम्मान गर्छु तर जे बोल्नुभएको छ मेरो बारेमा त्यो उहाँको संस्कार हो ।’

‘गिरिजाप्रसाद कोइरालाको योगदानलाई कांग्रेसले नै बिर्सिन थाल्यो, यो दुःखदायी कुरा हो,’ कोइरालाले भने, ‘गिरिजाप्रसाद कोइरालाले गरेको तत्कालीन संसद पुनःस्थापनाको मागलाई विश्वले स्वीकार गरेको थियो, तर वर्तमान सभापतिले विर्सन थाल्नु भयो त्यो चिन्ताको विषय हो ।’

७ बर्ष अगाडि

प्रतिक्रिया