युरोपको खेलाडीमध्ये धनी खेलाडीको सुचीमा फैक बोल्किह

६ बर्ष अगाडि

युरोपको टप लिग खेलिरहेका खेलाडीमध्ये धनी र मुल्यबान खेलाडीको सुचीमा लेस्टर सिटीका फैक बोल्किह रहेका छन् । लेस्टरका २० बर्षीय मिडफिल्डर फैक विश्वकै धनी फुटबलर हुन् ।

ब्रुनाईका सुल्तानका भतिजो समेत रहेका फैकको कमाई १५ बिलियन पाउन्ड रहेको छ । उनी अहिलेका चर्चित मिफिल्डर हुन् । जहाँ प्रिमियर लिगमा महंगा भनिएका एलेक्सिस सान्चेजको कमाई प्रतिहप्ता तीनलाख ५० हजार पाउन्ड र एरोन राम्सेको प्रतिहप्ता चार लाख पाउन्ड रहेको छ । रोनाल्डोको कमाई दुईसय मिलियन देखि दुईसय ५० मिलियन पाउन्डसम्म छ ।

फैक सन् २०१६ मा लेस्टर सिटीमा अनुबन्ध भएका थिए । लस एन्जलसमा जन्मिएका फैकले सन् २००९ देखि एएफसी न्युबरीबाट फुटबल खेल्न थालेका हुन् । जुनियर क्याम्पमा उनले २००९ देखि २०१३ सम्म चारबर्ष साउह्यामटनमा बिताए । त्यसपछि २०१३ मा उनी आर्सनल एकेडेमीमा पुगे । एकबर्ष आर्सनलमा बिताएका फैकको रुची चेल्सीमा गयो । २०१४ र २०१५ को सिजन चेल्सीको युथ टोलीमा बिताएका फैक सन् २०१६ देखि लेस्टरको सिनियर टोलीमा तीन बर्षका लागि अनुबन्ध भएका थिए ।

आफ्नो पोजिसनमा निकै मेहनत गर्ने फैक सामाजिक सञ्जालमा त्यति चर्चामा छैनन् । टिममा घुलमिल हुन र अभ्यासमा रम्न उनी बढी मन पराउँछन् । उनलाई नाइक कम्पनीले प्रायोजन समेत गरेको छ । उनी २०१६ देखि ब्रुनाई राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । सिनियर टोलीमा फैकले ६ खेल खेल्दै एक गोल गरेका छन् । उनले ब्रुनाईका लागि सन् २०१३ देखि २०१५ सम्म उमेर समूहमा यू–१९, यू–२१ र यू–२३ का सबै खेल खेलेका थिए ।

अन्य खेलाडीलाई जस्तो पैसा कमाउनकै लागि खेल्नुपर्ने र मैदानमा उत्तिकै मेहनत गर्नुपर्ने बाध्यता फैकलाई छैन । उनलाई काका प्रिन्स जेफ्री बोल्किहले बेन्टलेज, फरारिज, रोल्स रोयस जस्ता बहुमुल्य र आरामदायी कार तथा घडीको ब्यवस्था गरिदिन्छन् । प्रिन्स जेफ्रीले आफ्नो ५०औं जन्मदिन मनाउन चर्चित गायक माइकल ज्याक्सनलाई बोलाएर एकल कन्सर्टनै आयोजना गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया