काठमाडौं – पर्यटन व्यवसायी राजेन्द्र बजगाईले ८८ करोड लागतमा काठमाडौं महानगरपालिका ४ मा वर्णबास म्युजियम होटल स्थापना गर्ने भएका छन् ।
व्यवसायी बजगाईले उद्योग विभागमा बुटिक होटल खोल्ने योजनाका साथ उद्योग दर्ता गराएका छन् । पर्यटन तथा होटल व्यवसायमा संलग्न बजगाईले स्तरिय सेवा सहित स्तरीय पर्यटक होटल निर्माण गर्ने सोचका साथ होटल स्थापना गर्न लागेको बताएका छन् ।
होटलमा ९८ बेड हुनेछ । यस्तै रेष्टुरेन्टमा १५० जनाको क्षमता रहनेछ । होटलले ७० जनालाई रोजगारी दिनेछ ।
व्यवसायी बजगाईले होटलका लागि फिक्स्ड क्यापिटल ८६ करोड ४० लाख र वर्किङ क्यापिटल १६ करोड रुपैयाँ राखेको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया