ओलीलाई दिए पुर्वप्रधानमन्त्रीहरुले यस्तो सुझाव

७ बर्ष अगाडि

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका दिपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे सुझाव दिन बालुवाटारमा बुधबार बोलाएको बैठकमा उनीहरुले  पूरानै सम्झौता कार्यान्वयनमा समस्या देखिएको बेला नयाँ सम्झौता गर्न नहुनेमा जोड दिए । 
सो अवसरमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणकालाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भीरता पूर्वक लिएको पनि बताए । 
बैठकपछि परराष्ट्र मामिलाका जानकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रमलाई सुझाव दिइएको बताए । 
नयाँ नभई भएका पुराना सन्धी सम्झौता कार्यान्वयमा जोड समेत   दिइएको उनले बताए । 
यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले  देश र जनताको पक्षमा काम गर्नको लागि दिएको जानकारी दिए । 
बैठकमा छलफलमा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागि छन् । 
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,  परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलम्बर आचार्यलगायतको पनि बैठकमा सहभागिता रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया