काठमाडौँ – इटालियन सिरिए लिगको शीर्ष टोली युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ ।
सिरिए लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई १–० गोलले हरायो ।
बोलोग्नाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि पाउलो डिबालाले ६७औं मिनेटमा गोल गरेका थिए । बोलोग्नाले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन ।
युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् ।
यस जितसँगै युभेन्टसले लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । युभेन्टसले २५ खेलबाट ६९ अंक बनाएको छ ।
हेर्नुहोुस् भिडियो:
प्रतिक्रिया