कुख्यात अपराधी चार्ल्स शोभराजले पाउलान् कैद छुट ?

७ बर्ष अगाडि

काठमाडौँ–सर्वोच्च अदालतले कुख्यात अपराधी चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गरेकी थिइन् । 

कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । सोही व्यवस्थानुसार सजाय भोगिरहेका विदेशी नागरिकका हकमा पनि लागू गर्न रिट निवेदनमा माग गरिएको थियो । काठमाडौँ र भक्तपुर जिल्ला अदालतले अमेरिकी र क्यानडाली नागरिकको हत्या गरेको ठहर गर्र्दै शोभराजलाई जन्मकैदको फैसला सुनाएको थियो । शोभराजले सन् २००३ देखि कैद सजाय भोगिरहेका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया