काठमाडौँ – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले आइतबार तेस्रो जित हात पारेको छ ।
आज आइतबार थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा नेपालले हङकङलाई चार विकेटले हराउँदै तेस्रो सफलता हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो । नेपालका लागि नेरी थापाले सर्वा्धिक ६ र सिता रानामगरले २ विकेट लिइन् । योसँगै नेरी नेपालबाट टी–२० क्रिकेटमा ५ भन्दा बढी विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन् ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा अप्सरा बेगमले २४ तथा सरिता मगरले अविजीत रन बनाइन । त्यसो त नेपालले सुरुवात राम्रो गर्न सकेन । ५ रनमा पहिलो विकेट गुमाएको नेपालले ६ रनमा दोस्रो विकेट खेर फाल्यो ।
त्यसपछि १७ रनमा तेस्रो विकेट झरेको नेपालको स्कोरबोर्डमा २४ रन हुँदा चौथो विकेट गुमेको थियो । त्यसपछि ५६ रन हुँदा नेपालले पाँचौ विकेट गुमाएको नेपालको स्कोर ५९ रन हुँदा ६ विकेट गुम्यो । जितसँगै नेपालले ६ अङ्क जोडेको छ ।
जारी प्रतियोगितामा नेपाललको यो तेस्रो जीत हो । यसअघि नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस ९युएई० लाई ७ विकेटले पराजित गरेको थियो ।
नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगितामा खेल्नेछ ।
एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् । नेपालले लिग चरणको आफनो पाँचौँ खेल भोलि सोमबार चीनको सामना गर्नेछ ।
प्रतिक्रिया