वाइडबडी खरिद प्रकरणः रवीन्द्र अधिकारी र शेरबहादुर देउवा अनुसन्धानमा तानिदै

७ बर्ष अगाडि

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बायु सेवा निगमका लागि खरिद गरिएका एयरबस जहाजका विषयमा अनुसन्धान थालेको जनाएको छ। 

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले खरिद प्रक्रियामा जोडिएका सबैसँग अख्तियारले बयान लिने क्रम जारी रहेको र प्रमाण संकलनको काम पनि भइरहेको बताए। उनले वाइडबडी जहाजका विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। साथै उनले पछिल्लो समय घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकलाई पनि नछाड्ने संकेत गरेका छन्। 

उनले अख्तियारले संवैधानिक निकायका पदाधिकारीमाथि अनुसन्धान गर्ने अख्तियारी नपाएको भए पनि महान्यायाधीवक्ता अग्नी खरेलसँग सहकार्य गरेर पाठकलाई अनुसन्धानको दायरामा ल्याइएको बताएका छन्। संघीय संसद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताए। ‘बयान लिने काम चलिरहेको छ, अहिलेलाई अख्तियारले विस्तृत अनुसन्धान थालेको छ भनेर बुझ्नुहोस्,’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहान्न।’ उनले खरिदमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको बताए। 

खरिद प्रकरणमा जोडिएका सबैजना अनुसन्धानमा तानिएमा पूर्व पर्यटनमन्त्रीहरूसहित बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि समेटिने छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेलामा वाइडबडीका लागि पहिलो किस्ता निकासा भएकाले यो प्रकरणमा देउवा पनि जोडिने छन्। वाइडबडी प्रकरणमा शेरबहादुर देउवा र रवीन्द्र अधिकारी पनि अख्तियारको अनुसन्धानमा तानिने खबर थाहाखबरले छापेको छ 

७ बर्ष अगाडि

प्रतिक्रिया