अन्तर्राष्ट्रिय धार्मिक पर्यटन महोत्सव बैशाख ७ देखि

७ बर्ष अगाडि

स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति, गोठाटार नवतन धामले अन्तर्राष्ट्रिय धार्मिम पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । 
२०७५ बैशाख ७ गते सुरु हुने महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । 
धार्मिक पर्यटन महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मदन शर्माले जानकारी अनुसार धार्मिक महोत्सवमा भारतस्थित पश्चिम बंगालका मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महोत्सवमा भारत, श्रीलंका, बर्मा, भुटान, बेलायत, अमेरिका र इण्डोनेशियालगायतबाट भक्तजनहरु सहभागी हुने विश्वास लिएको संस्थाले जनाएको छ । महोत्सवमा आध्यात्किगोष्ठि, सास्किृतिक कार्यक्रम, प्रवचन, भक्ति संगित सम्मेलन, सास्किृतिक झाँकीहरु प्रदर्शन तथा नृत्य जस्ता रोचक कार्यक्रम प्रस्तुतहुने महोत्सवका प्रचार प्रसार संयोजक भोला दाहालले बताए । साथै महोत्सवमा रक्तदान, निशुल्क स्वाथ्य परिक्षण, योग शिविर, समाजमा विशिष्ठ सेवापु¥याउने व्यक्तिहरुका सम्मान कार्यक्रम आयोजना गरिने छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया