ककर्णाली प्रदेश सरकारको तेश्रो क्याविनेट वैठक सम्पन्न भएको छ । मंगलवार वेलुका सम्पन्न वैठकले २ वटा विधेयकको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । वैठकले आन्तरीक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको मुख्य न्यायधिवक्ताको पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु सम्वन्धि विधेयकको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी वैठकले सामाजिक विकास मन्त्रालयद्धारा पेश गरिएको संघसंस्था नियमन गर्न वनेको विधेयकको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । क्याविनेट वैठकद्धारा स्वीकृत दुवै विधेयकका मस्यौदाहरु विधेयक समितिको वैठकमा पेश गरिने छन । क्याविनेटको अर्को वैठक प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रारामा वस्ने भएको छ ।
प्रतिक्रिया