चाँदीसहित एक पक्राउ

७ बर्ष अगाडि

जितपुर – कपिलवस्तुमा प्रहरीले रु पाँच लाख बराबरको अवैध चाँदीसहित एकलाई पक्राउ गरेको छ । 

कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो । विशेष सुराकीका आधारमा प्रहरी टोलीले बर्माको शरीर खानतलासी गर्दा सेतो रङको आसकोटभित्र चाँदी फेला पारेको बताइएको छ । 

आसकोटभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने आयात आकारको थान ४ ९चार० ८ किलो ४०० चाँदी फेला परेको प्रहरीको भनाइ छ । बरामद गरिएको चाँदीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएकोे छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया