नेपाल बार निर्वाचन समितिले गल्ती नसच्याए कानुनी उपचारः अध्यक्षका उम्मेदवार खतिवडा

७ बर्ष अगाडि

काठमाडौँ – अधिवक्ता डा.पुण्यप्रसाद खतिवडाले नेपाल बार एशोसिएशनको  निर्वाचन समितिले उम्मेदवारलाइ जबरजस्ती राजनीतिकरण गरिएको भन्दै आपत्ति जनाएका छन् । यही फागुन १६ गते हुन लागेको बारको निर्वाचनको लागि अध्यक्षको उम्मेदवारी दिएका खतिवडाले समितिले अमुक समूहरलाई कानून, विधान र विनिमय विपरित वैधता दिने र उम्मेदवारहरुबीच गैरकानूनी भेदभाव गर्दै क्रमसंख्या निर्धारण गरिएको भन्ने जानकारी आफूले पाएको खतिवडाले बताएका छन् । उनले उक्त गैरकानूनी कार्य अस्वीकार्य गर्ने जानकारी समेत दिएका छन् । 

“नेपाल बार एशोसिएशनको निर्वाचन समिति २०७५ ले उम्मेदवारहरुलाई जबर्जस्ती राजनीतीकरण गर्ने, अमूक समूहहरुलाई कानून, विधान र विनियम विपरीत वैधता दिने र उम्मेदवारहरुबीच गैरकानूनी भेदभाव गर्ने कार्य गर्दै केही उम्मेदवारहरुको ठेकेदारहरुको क्रमसंख्या निर्धारण गरिसकेको भन्ने मौखिक जानकारी समेत भएकोले यस्तो गैरकानूनी निर्धारण स्वीकार्य नहुने जानकारी गराउँछौँ” खतिवडाले भने । 

निर्वाचन समितिबाट स्वतन्त्र स्वच्छ निष्पक्ष मर्यादित विश्वसनीय तबरले निर्वाचन हुने कुरामा गम्भीर प्रश्न उठेको भन्दै खतिवडाले गल्ती स्वीकार भनेका छन् । निर्वाचित समितिले गल्ती स्वीकार नगरी गैरकानुनी कार्य नसच्याए कानूनी कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी दिए । 

अध्यक्षका उम्मेदवार खतिवडाले राजनीति र वकालत अलगअलग विधा भएको बताउँदै राजनीति आदर्श र वकालत त्यसको सान्दर्भिकता तथा व्यावहारिक कार्यान्वयन भएको बताए । राजनीति र वकालत विशिष्टिकृत हुनुपर्ने भन्दै  खतिवडाले भने, “राजनीतिक त्यागीहरुको कद उचो हुनपुग्छ र राष्ट्रियताले ओतप्रोत न्यायपूर्ण समाज कायम हुन्छ । तर छद्मभेषी विधाले यी दुवैलाई भ्रष्टीकरणतर्फ लैजान्छ ।”  

नेपाल बार एशोसिएशन कानूनव्यवसायीको रुपमा रहेका वकिलहरुको एकमात्र साँझा संगठन भएको बताउँदै खतिवडा यसको मूल भावना कानून व्यवसायीहरुको हक–हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न राज्यलाई सहयोग गर्नु भएको बताउँछन् । उनले राज्यसञ्चालनका लागि बारले सबै विचार र आस्थाहरुप्रति असंलग्न तवरबाट समान व्यवहार गर्न सक्ने हुनुपर्ने बताउँदै अमूक दल वा शक्तिको तर्फबाट प्रतिनिधित्व गर्नेबाट हुन नसक्ने उनको तर्क छ । 

राजनीतिक दल तथा शक्तिहरुप्रति समान व्यवहार गर्दै मूलतः शिर्ष नेताहरुको समृद्ध र न्यायपूर्ण नेपाल बनाउने राष्ट्रिय अभियानमा नेबाएलाई विशिष्टीकृत तवरबाट सहभागी हुने हैसियत प्रदान गर्नको लागि असंलग्न वकिलहरुको तर्फबाट आफूले उम्मेदवारी दिएको खतिवडाले बताए । उनले आफूलाई सहयोग गर्न सबै वकिलहरुलाई अपील समेत गरेका छन् । 

बारको नयाँ अध्यक्षको लागि अधिवक्ता खतिवडासहित चण्डेश्वर श्रेष्ठ, बिराट कुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, सुनिल कुमार पोखरेल, रामप्रसाद प्रजापति, तोयानाथ ढुंगाना र गजेन्द्र बहादुर थापाले उम्मेदारी दिएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया