एनसेल कार्यालयमा बम पड्काउन संलग्न रहेको आशंकामा ६ जना प्रकाउ

७ बर्ष अगाडि


ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा शुक्रबार राति करिब ८ बजे विष्फोटन भएको घटनाको अनुसन्धानको क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर गरिएको छ भने अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको शिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ । 

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक समेतको टोली तत्काल घटनास्थलमा खटि गई घाइतेहरुलाई अस्पताल पठाउनुका साथै थप उद्दार कार्य तथा अभियुक्तहरुको खोजी गरेको थियो । 

घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया