अधिकारीको स्वास्थ्य सुधारोन्मुख

७ बर्ष अगाडि

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उहाँको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो । 

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा ९आइसीयु० मै राखेर गरिएको छ । गत माघ २ गते उहाँको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उहाँलाई ह्याम्स अस्पतालमा गत माघ २४ गते लगिएको थियो । स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको बयासी वर्षीय अधिकारीको उपचारमा डा राजु पङ्गेनी, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत सम्लग्न हुनुहुन्छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया