मालपोतमा डिजिटल वडापत्र

७ बर्ष अगाडि

रसुवा – आफ्नो कार्यालयको गतिविधि छिटोछरितो सेवाग्राहीसामु सुसूचित गराउन मालपोत कार्यालय रसुवाले अब डिजिटल वडापत्र जारी गरेको छ । आम नागरिकलाई सेवा प्रवाहको बारेमा जानकारी गराउन शुरु गरेको डिजिटल वडापत्रले सङ्घीयताको भावनाअनुरूप सुशासनको प्रत्याभूत गर्न सहज हुने कार्यालयले जनाएको छ । 

बडापत्रमा मालपोत कार्यालयको कार्यशैली, सेवाग्राहीले सेवा लिन आउँदा टोकनअनुसार पर्खनुपर्ने समय, सेवा लिन चाहिने कागजात, नियमानुसार लाग्ने शुल्कलगायतका विविध पक्षमा आम सेवाग्राहीलाई डिजिटल प्रणालीबाट नागरिक वडापत्रमार्फत पारदर्शी गराइएको कार्यालयका सूचना अधिकारी एलना थापाले बताउनुभयो । उहाँका अनुासर विद्युतीय प्रणालीको नागरिक वडापत्र अवलोकनका लागि प्रतिक्षालयमा टेबुल, कुर्सी तथा सोफा राख्ने कार्यसमेत पूरा भइसकेको छ । 

मालपोत गतिविधिको साथसाथै आम नागरिकले सेवा लिने निकायमा जिल्लाको पाँचवटै गाउँपालिकाको गतिविधि, विकास निर्माण जानकारी एवं लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमूलक वृत्तचित्रसमेत देखाउन सकिए संरक्षण कार्यमा ससहयोग पुग्ने नागरिक समाजले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया