नख्खु बम विस्फोटमा सुरक्षा गार्डको संलग्नता, एक जनाको ज्यान गयो

७ बर्ष अगाडि

काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

 विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 
विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 
अनुसन्धानका लागि भन्दै प्रहरीले २ सुरक्षागार्डलाई नियन्त्रणमा लिएको जनाइएपनि पहिचान भने खुलाइएको छैन । 
प्रहरीले बम विस्फोटको घटनाबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।  

७ बर्ष अगाडि

प्रतिक्रिया