शिवम् सिमेन्टको 'आइपिओ'मा ३६ लाख ८४ हजार कित्ताको आवेदन

६ बर्ष अगाडि

काठमाडौँ – शिवम् सिमेन्टले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा ३६ लाख ८४ हजार ६२० कित्ताको लागि आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझसम्म ३७ हजार ४८३ जनाले आवेदन दिएका छन् । त्यसै गरी आयोजन प्रभावित स्थानीयले ६२१ जना आवेदकले १ लाख ९८ हजार ४५० कित्ताको लागि आवेदन दिएका छन् ।  

कम्पनीले गत फागुन ६ गतेदेखि प्रति शेयर १०० अंकित दरमा प्रिमियम वापत  २०० रुपैयाँ थप गरी प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन निश्कास गरेको थियो ।

आइपिओ निश्कास बन्द हुने समय फागुन ९ गते सम्म तोकिएपनि यस समयमा पुरै शेयर विक्री नभएकाले अब ढिलोमा चैत्र ५ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया