सांसद यादवको प्रश्नः निगममा यस्तो भ्रष्टाचार हुँदा पर्यटनमन्त्री भाङ खाएर सुत्नुभएको छ ?

७ बर्ष अगाडि

काठमाडौँ – संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारमा आँखा चिम्लेर बसेको आरोप लगाएका छन् ।

संसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका यादवले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार सेलाउन नपाउँदै अन्य जहाजको इन्जिन र लिज लिने क्रममा ठूलो भ्रष्टाचार भएको बताए ।

निगममा यस्तो भ्रष्टाचार हुँदा पनि मन्त्री अधिकारीले केही पनि नगरेको यादवको आरोप थियो । उनले थपे, ‘नागरिक उड्ययनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि ? शुभलाभ पाएर सुत्नुभएको छ ?’

नेपाल एयरलाइन्सको वाइडबडी विमान भ्रष्टाचार सेलाउन नपाउँदै इन्जिन बनाउने र लिज लिनेमा १५३ करोडको घोटला अगाडि आएको छ ’, उनले भने, ‘एयरबस २३० जहाजको मेन्टिनेन्स तथा लिजको लागि निगमको दलालको शर्त नपुगेको हुनाले टेन्डर परेन, त्यसकारण अर्को टेन्डर प्रक्रिया शुरु भएको छ ।’

 

७ बर्ष अगाडि

प्रतिक्रिया