काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत २३ देखि २५सम्म हुने प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्रीसँग भारत भ्रमणमा सरकारका तीन जना मन्त्री पनि सहभागि हुने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यस्तै बैठकले चिकित्सा शिक्षा र वेपता सम्बन्धी विधेयक आज बस्ने संसद बैठकमा टेवल गर्ने निर्णय गरेको छ ।
त्यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फस्र्योट विधेयक स्वीकृत गर्नुका साथै विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ । विधेयक सहजीकरण समितिमा महान्यायाधीवक्ता अध्यक्ष रहने व्यवस्था छ ।
मंगलबारको मन्त्रिपन्त्रिपरिषदले एडीवीको १० मिलियन डलर अनुदान स्वीकार गर्ने र
अर्को व्यवस्था नभएसम्म चैत २८ बाट हटाउने भनिएका जिल्ला शिक्षा कार्यलय यथावत राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया