काठमाडौँ – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा महेन्द्रनगर युनाइटेडले रोमाञ्चक जित हात पार्दै क्वालिफायरमा स्थान पक्का गरेको छ।
महेन्द्रनगर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन जोड्यो। जवाफी ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र जोड्न सक्यो।
आज भएको एलिमिनेटर खेलमा रुपन्देहीलाई १ रनले पराजित गर्दै फाइनलमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ । शुक्रबार काठमाडौं र महेन्द्रनगरबीचको खेलको विजेताले उपाधिको लागि फागुन ११ मा सिवाईसी अत्तरियासँग भिड्ने छ ।
प्रतिक्रिया