काठमाडौँ – अनलाइन प्रणाली अन्तर्गत ७१ दिनमा २६ अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कात्तिक २० मा यो प्रणाली शुरू गरेपछि हालसम्म ६७ हजार ३१५ जनाले यसको उपयोग गरेका छन् ।
यस अवधिमा १ हजार ४५२ जना लगानीकर्ताले लगइन गरेर रू.३ अर्ब १० करोड ६० लाखभन्दा बढीको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
नयाँ प्रणाली भएकाले लगानीकर्तालाई अभ्यस्त बनाउनका लागि नेप्सेको वेबसाइटमा भिडियो सहित आवश्यक जानकारी उपलब्ध गराएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ताको सुविधालाई मध्यनजर गर्दे काठमाडौं, बिर्तामोड र इलाममा अनलाइन कारोबार सम्बन्धी तालीम सञ्चालन गरेको छ ।
प्रतिक्रिया