काठमाडौँ – नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो माग पुरा नभए सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले बुधबार राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संघले फागुन १६ गते सम्म माग सम्बोधन नभए फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु बन्द गर्ने चेतावनी दिएको हो । त्यसैगरी ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण पनि ठप्प पार्ने भएको छ ।
संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई , बिमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफूहरु काम ठप्प पार्न बाध्य भएको बताए । संघका अनुसार फागुन १६ गते सम्म माग सम्बोधन नभए १७ गते देखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने भएको हो । साथै संघले सबै रिफाईनरीहरुबाट ग्यास लोडिङ्ग बन्द गर्ने, लोड भएका बुलेटहरु भन्सार नाकाबाट नछुटाउने लगायत कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिक्रिया