काठमाण्डौँ – २०७५, मेटलाईफ नेपालका एक सय बीस जना कर्मचारीहरु २०७५ माघ २८ देखि ३० गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् ।
समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसंगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए ।
स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको हेड अफ अपरेसन, राम कुमार यादवसंगै कम्पनीका भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठ सामेल हुनुहुन्थ्यो ।
“केही वर्ष ठुलो नोक्सानी र दुःख व्योहोरेका पाँचखालका समुदायको आवास पुननिर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गर्न पाउँदा कम्पनीले गौरव महसुस गरेको छौं । हामी हरेक दिन विश्वका लाखाँै ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो ।” भनी निर्मलकाजी श्रेष्ठले भन्नुभयो ।
“स्वंयसेवाको कार्यले हामीलाई स्थानिय समुदायसंग अन्र्तकृया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार संगसंगै काम गर्ने, उनिहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनिहरुको आवश्यकता बुझ्ने मौका पायौँ ।” भनी उहाँले थप बताउनु भयो ।
मेटलाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१८ मा मेटलाइफका स्वयंसेवीले एसियाका ९ देशमा २५,००० भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।
प्रतिक्रिया