काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी परिचालनका लागि बाह्य तथा दीर्घकालीन स्रोतहरुको पहिचान गर्न आग्रह गरेको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस्तो निर्देश गरेको हो ।
त्यसका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा लिइने कर्जाको सीमालाई प्राथमिक पुँजीको ५० प्रतिशतबाट बढाएर शतप्रतिशत पुर्याएको छ ।
प्रतिक्रिया