केदार खत्रीको २४ लाख बराबरको सेयर लिलामी हुने, ऋण असुली न्यायाधीकरणले गर्यो फैसला

६ बर्ष अगाडि

काठमाडौं – ऋण असुली न्यायाधिकरणले केदार खत्रीको नाममा रहेको विभिन्न बैंकको शेयर लिलामी गर्ने भएको छ ।

न्यायाधिकरणको २०७२ सालको मुद्दा र २०७५ फागुन ६ गतेको निर्णयअनुसार खत्रीको नाममा रहेको सिन्धु विकास बैंकको ६२१७ कित्ता र जनता बैंक नेपालको ७२८६ कित्ता संस्थापक सेयर र २७१४ कित्ता साधारण सेयर र रिलायबल डेभलपमेन्ट बैंकको १९८३ कित्ता संस्थापनक सेयर समेत लिलामी गर्ने भएको छ ।

२०७५ कात्तिक १९ को मूल्यांकनअनुसार २४ लाख ४२ हजार ७५२ बराबरको सेयर लिलामी गर्न लागेको हो । इच्छुक व्यक्ति वा फर्मले रितपूर्वक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोलपत्र फारम बुझाई ती सेयर खरीद गर्न सक्ने आज प्रकाशित सूचनामा उल्लेख छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया