काठमाडौँ / बी एण्ड बी अस्पताल र नेपाल पत्रकार महासंघ, ललितपुर शाखा बीच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।
शुक्रकार अस्पताल र पत्रकार महासंघबीच
नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र बी एण्ड बी अस्पतालबीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधि र स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएका हो ।
नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधि र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता गरीएको हो ।
सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आवद्ध सबै शाखाका सदस्यहरु, पत्रकारका श्रीमान÷श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन् । सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ ।
उक्त सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागू भई दुई वर्षसम्म रहने छ ।
सम्झौता पत्रमा अस्पतालका कार्यकारी निर्देशक डा.निरज लाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले हस्ताक्षर गरेका छन् भने नेपाल पत्रकार महासंघको तर्फबाट पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरी कार्कीले गरेका छन् ।
प्रतिक्रिया